aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

निर्वाचन आयोगले आज समानुपातिकको सूची सार्वजनिक गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
निर्वाचन आयोगले आज समानुपातिकको सूची सार्वजनिक गर्ने

काठमाडौं । निर्वाचन आयोगले आज समानुपातिक तर्फ राजनीतिक दलहरुले पेश गरेको सांसदहरुको अन्तिम नामावली आज सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आज सोमबार सार्वजनिक गर्ने तयारी भएको हो । 
 
आयोगले राजनीतिक दलहरूले बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक सदस्यको सूची सच्याउने समय सोमबार दिउँसो ४ बजेसम्म तोकेको छ । दलहरूले बुझाएको समानुपातिक सूचीका सम्बन्धमा अध्ययन भइरहेको र सच्याउन समय दिइएको आयोगले जनाएको छ ।

समानुपातिकको सूची सच्याएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्नेछ । समानुपातिक सूची घोषणापछि एक साताभित्र प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी आयोगको छ ।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर समानुपातिक सदस्यमा प्रतिनिधि सुनिश्चित गरेका छन् । 

यस्तै प्रदेश सभामा नेपाली ​कांग्रेस, नेकपा एमाले, नेकपामाओवादी केन्द्र, रास्वपा, जसपा, जनमत, राप्रपा, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल स‌घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाएर समानुपातिक सदस्यमा प्रतिनिधित्व सुनिश्चित गरेका छन् । 

प्रतिक्रिया दिनुहोस