काठमाडौं । नेपालभर विद्युतीय सामान र उपकरणहरू आपूर्ति गर्ने उद्योगमध्ये एक हो, कैलाश ट्रेडिङ कम्पनी (केटिसी) । जसको यात्रा उच्च गुणस्तरीय विद्युतीय उत्पादनहरूबाट जनताको सेवा गर्ने सपना बोकेर पूर्वी नेपालको विराटनगरमा एउटा सानो पसलबाट आफ्नो व्यापार सुरु गरेको थियो ।
सानो पसलबाट सुरु भएको यो कम्पनीको यात्रा ४५ वर्ष नाघिसकेको छ । सुरुवातदेखि अहिलेसम्मको यात्राको बारेमा केटिसी ग्रुपका निर्देशक गोपाल अग्रवाल बताउँछन्, ‘हामी विगत ४ दशकभन्दा बढी समयदेखि विद्युतीय व्यापार व्यवसायमा संलग्न छौँ । हाम्रो कम्पनी हजुरबुवाको पालादेखि सुरु भएको हो । अहिले मेरो बुवा, दाइ र म तीन जना भएर यो कम्पनी सञ्चालन गरिरहेका छौँ ।’
विद्युतीय व्यापार व्यवसायको दुई दशको यात्रापछि यस कम्पनीले आफ्नो छुट्टै ब्रान्डका नाममा आफ्ना विद्युतीय समान उत्पादन गर्यो । केटिसी ग्रुपले २०१५ मा आफ्नै इलेक्ट्रिक ब्रान्ड इलेक्ट्रा इलेक्ट्रिक सार्वजनिक गर्यो । इलेक्ट्रा ब्रान्ड दुई शब्दहरू ‘इलेक्ट्रिकल’ र ‘ट्रेडिङ’को संयोजनबाट विकसित भएको हो ।
आर्थिकन्युज डटकमसँग कुराकानी गर्दै अग्रवाल भन्छन्, ‘विद्युतीय व्यवसायमा गरेको कामको अनुभवबाट हामीले बजारमा आफ्नै ब्रान्ड ल्याएका हौँ । इलेक्ट्रा इलेक्ट्रिक अन्तर्गत हामीले विभिन्न विद्युतीय स्विचहरू, पङ्खा, इएल गार्ड एमसिबिज र ई–लाइन डिष्ट्रिब्युटर उत्पादन गर्दै आएको छ । जसमा कम वाट क्षमता सहितको घरायसी प्रयोजनको लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ ।’
इलेक्ट्रा इलेक्ट्रिक ग्राहकको आवश्यकताको वृहत् दायराका लागि विद्युतीय उत्पादन र समाधानहरूको नेपालको सबैभन्दा ठूलो आपूर्तिकर्ता भएको उनी दाबी गर्छन् । यस ब्रान्डका सामानहरू देशभर उपलब्ध छन् । देशभर एक सय ५० भन्दा बढी डिलरशिपहरूको नेटवर्क रहेको छ ।
नेपाली बजारमा विद्युतीय सामानहरूको धेरै प्रकारका ब्रान्ड रहेका छन् । ती ब्रान्डभन्दा राम्रो वस्तु इलेक्ट्रा इलेक्ट्रिकले ल्याउनका लागि सधैँ कोसिस गरेको उनको भनाई छ । इलेक्ट्रा इलेक्ट्रिकले सधैँ गुणस्तरीय सामानहरू ल्याउने बताउँदै उनले भने, ‘अन्यको तुलनामा हामीले उत्पादन गरेका सामानहरू गुणस्तरीयसँगै सस्तो पनि रहेको छ । अहिलेसम्म इलेक्ट्रा ब्रान्डको इलेक्ट्रिक सामानहरूमा ग्राहकहरूले राम्रो प्रतिक्रिया दिनु भएको छ । यसले गर्दा पनि हामीले ग्राहकलाई ध्यानमा राखे सामानहरू ल्याउने गरेका छौँ ।’
वृहत् दायराका उत्पादनहरूको साथ नेपालको एक अग्रणी विद्युतीय उत्पादन कम्पनीको रूपमा परिचय दिन पाएमा उनी निक्कै खुसी छन् । साथै इलेक्ट्रा इलेक्ट्रिक राष्ट्रिय विद्युतीय बजारमा नवीन र दिगो विकासको लागि खडा रहेको उनले बताए । यस कम्पनीको नेपाल सरकारको विभिन्न उत्पादन इजाजत पत्रहरू साथै उत्पादन प्रमाणीकरणहरू सहित मान्यता प्राप्त छ । यस कम्पनीका उत्पादनहरू घर, कार्यस्थल र व्यापारिक घरहरूको विलासी भित्री भागलाई ध्यानमा राखेर डिजाइन गरिएको अग्रवालको दाबी छ ।
‘इलेक्ट्रा इलेक्ट्रिकले ग्राहकलाई सधैँ पहिलो प्राथमिकता दिने गर्छ । यसका सामानहरू ग्राहकले रुचाउनको कारणहरू हामी हाम्रा सबै उत्पादनहरू हाम्रा ग्राहकहरूद्वारा तोकिएको समय–सीमा भित्र निर्माण गर्छौँ र हाम्रा ग्राहकहरूले तिनीहरूको अर्डरको समयमै डेलिभरी पाउँछन् भनी सुनिश्चित गर्छौँ’, उनले अगाडी भने, ‘हाम्रो उत्पादनहरूमा अद्भुत डिजाइन र नवीनता, प्रतिस्पर्धी मूल्य निर्धारण, उत्कृष्ट उत्पादन लाइन र हाम्रा उत्पादनहरू उच्च गुणस्तरको कच्चा पदार्थबाट निर्मित छन् र हाम्रा सबै उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्डहरूसँग प्रमाणित छन् ।’
कोरोना महामारीपछि नेपाली बजारमा विद्युतीय सामानहरूको बजार त्यति सुखद् नरहेको नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन)का कोषाध्यक्षसमेत रहेका अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘कोभिड १९ पछि विद्युतीय सामानहरूको बजार त्यति राम्रो छैन । त्यससँगै तरलता अभावको कारण विद्युतीय व्यापार धराशायी स्थितिमा रहेको छ ।’ साथै उनले अब बन्ने नयाँ सरकारले आर्थिक पाटोमा देखिएको समस्याहरूलाई तत्कालै समाधान गर्नु पर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस