aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एका विहानै २०७ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
एका विहानै २०७ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौं । उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारवाही गरीएको छ ।  सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघन गर्ने अन्य  १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

दुर्घटना न्युनिकरण तथा सवारी आवागमन सहज बनाउन  ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ । सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन । 

प्रतिक्रिया दिनुहोस