aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

६२ वर्षीय भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीमा सोमबार सपथ लिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ मंसिर २०७९
६२ वर्षीय भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीमा सोमबार सपथ लिए

एजेन्सी । भारतको गुजरात राज्यका १८ औं मुख्यमन्त्रीका रुपमा ६२ वर्षीय भूपेन्द्र पटेलले सोमबार सपथ लिएका छन् । गान्धीनगर सचिवालयको हेलिप्याड मैदानमा दिउँसो २ बजे गभर्नरले उनलाई पद तथा गोपनियताको सपथ गराए । भूपेन्द्र पटेलपछि १६ मन्त्रीले पनि सपथ लिएका छन् । आठ जना क्याबिनेट मन्त्री, दुई जना स्वतन्त्र र छ जना राज्यमन्त्री छन् । भास्करले एक दिन अगाडि भूपेन्द्र पटेलसँगै १६ मन्त्रीले सपथ लिन सक्ने बताएका थिए ।

सपथपछि प्रधानमन्त्रीले मञ्चमा निहुरिएर जनतालाई दण्डवत् गरेका थिए । यसपछि भुपेन्द्र पटेलको क्याबिनेटलाई भेटेर उनीसँग फोटो खिचे ।  समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र भाजपा शासित राज्यका मुख्यमन्त्रीहरू पनि उपस्थित थिए। सपथ ग्रहण कार्यक्रममा २ सय सन्त पनि सहभागी भएका थिए ।

गुजरातको १८ औं मुख्यमन्त्री बनेका पटेल पाटीदार समुदायका एक मात्र नेता हुन् । जो लगातार दोस्रो पटक मुख्यमन्त्री बनिरहेका छन्। उनलाई १५ महिनाअघि विजय रुपानीको स्थानमा गुजरातको जिम्मेवारी दिइएको थियो । हार्दिक पटेलले भूपेन्द्र पटेलको क्याबिनेटमा स्थान पाउन सकेनन्। यद्यपि पटेलले मन्त्रिमण्डलमा रहने वा नरहने पार्टीले निर्णय गर्ने बिहानै बताएका थिए । उनीहरूलाई जे जिम्मेवारी दिइएको छ, उनीहरूले त्यसलाई निर्वाह गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस