काठमाडौँ। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले व्यक्तिगत रूपमा पालिएका कुकुरलाई जथाभावी सार्वजनिक स्थलमा शौच गराए कारबाही गर्ने भएको छ।
सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउँदा वातावरण फोहोर भई रोगको संक्रमण फैलिने गरेको भन्दै महानगरपालिकाले सो निर्णय लिएको हो। काठमाडौं महानगरपालिकाका अनुसार महानगरमा घरपालुवा कुकुर करिब ८० हजार र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ। राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न ठाउँका सार्वजनिक स्थलमा कुकुरलाई दिसा पिसाब गराउने प्रवृत्ति छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले घर पालुवा कुकुरहरूलाई सार्वजनिक स्थानमा शौच गराए तुरुन्तै कारबाही गरिने तयारी भइरहेको बताए। 'व्यक्तिगत सोखले पालिएको कुकुरलाई जहाँतही सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरिएको छ,' उनले भने, 'त्यसरी शौच गराउँदा वातावरण दुर्गन्धित हुन्छ। विभिन्न
'रोगको संक्रमणसमेत फैलिन्छ। त्यसैले घरमै दिशापिसाब गराउनुपर्छ । सार्वजनिक स्थलमा दिसा पिसाब गराएको भेटिएमा कारबाही गर्नेछौं ।'
उनका अनुसार एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक
ब्याक्टेरिया फैलिन्छन् ।यो समाचार आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस