aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ मंसिर २०७९
मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा एक पक्राउ

सप्तरी । मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा राजबिराज नगरपालिका १० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्री गर्दै आइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस