काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्न लागेको छ । आयोगले आज दिउाँसो १२ बजे पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन सम्बन्धी अन्तिम कार्य र परिणामको जानकारी दिन लागेको हो ।
आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेसँगै आयोगले बिहीबार निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ । राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्नेछ ।
प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरुले आफू मध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने संबैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस