aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

विशेष अदालतले फैसला गरेका सात मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ मंसिर २०७९
विशेष अदालतले फैसला गरेका सात मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार सात वटा मुद्दाको पुनरावेदन गराएको छ । आयोगले विशेष अदालत काठमाडौंबाट फैसला भएका सात वटा मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गराएको हो । 

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप लागेका मनोजकुमार विक, घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोप लागेका छेदिलाल साह सोनार, लुद्र बहादुर केसी, राजेश बहादुर द्धाल, राम औतारी चौधरी, रामप्रसाद रानाविरुद्धको मुद्दामा पुनरावेदन गराइएको हो ।  

त्यस्तै, रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेका लाल कुमार झा, पवन कुमार महतो, गेहु प्रसाद डगौरा, घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोप लागेका सन्दीप पौडेल, विक्रम बस्नेत, हरि प्रसाद चौधरी, विश्वेश्वर प्रसाद साहु, आनन्दलाल प्रसाद साह, कमल प्रसाद सिटौला र टंक प्रसाद ओझा विरुद्धको मुद्दाको पुनरावेदन गरिएको आयोगले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस