aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ मंसिर २०७९
रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ताद्वय युवराज सफल र रविराज बर्तौलाले आज दायर गरेको रिट निवेदनमा नेपाली नागरिक नभएकाले लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ ।

रिट निवेदनमा भनिएको छ, “लामिछाने नेपाली नागरिक नभएकाले  प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नै योग्य नभएको हुँदा चितवन क्षेत्र नं २ मा पुनः मतदान हुनुपर्छ ।”

रिट निवेदनमा अमेरिकी नागरिकतासँगै नेपाली नागरिकता लिएर दल दर्ता गराएको र नेपाली नागरिकता नलिएकाले निर्वाचित भएको पद रिक्त हुनुपर्ने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस