aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

८३ किलो रक्तचन्दनसहित २ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ भदौ २०७६
८३ किलो रक्तचन्दनसहित २ पक्राउ

काठमाडौं । ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् । काठमाडौँको बौद्धमा लुकाएर राखिएको अवस्थामा रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ रामहिटी (बौद्ध)बाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस