aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नेपाल घुम्न आए भारतीय अभिनेता ओबराय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ मंसिर २०७९
नेपाल घुम्न आए भारतीय अभिनेता ओबराय

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।   

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहेको बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसकेका छन् ।”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।   

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।    

प्रतिक्रिया दिनुहोस