aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काँग्रेसमा प्रधानमन्त्रीका अर्का दावेदार निस्किए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
काँग्रेसमा प्रधानमन्त्रीका अर्का दावेदार निस्किए

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा नेपाली संस्थापन इतर समूहबाट डा शेखर कोइराला नै अघि बढ्ने भएका छन् । गत १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध सभापति लडेको र आगामी महाधिवेशनसम्म समूहलाई सशक्त राख्न डा। कोइराला नै उपयुक्त पात्र भएको भन्दै कोइराला पक्षका नेताहरूले अघि बढ्न सुझाव दिएपछि कोइराला संसदीय दलको नेतामा भिड्न तयार भएका हुन् ।

दलको नेतामा नवनिर्वाचित सांसद डा शेखर कोइरालाले नै लड्ने पक्का भएको कोइराला निकट मानिएका प्रतिनिधिसभा सदस्य डिकबहादुर लिम्बूले बताए । लिम्बूले भने, अहिले जनतामा परिवर्तनको हुटहुटी जागेको छ, त्यो परिवर्तनको प्रतिनिधित्व डा कोइरालाले गर्नुहुन्छ । चुनावको पुरै परिणाम नआउँदासम्म उहाँले नबोल्नु ठिकै हो ।

प्रतिक्रिया दिनुहोस