aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थुपारिएको फोहरमा आगो लाग्दो फैलियो प्रदुषण, स्थानीयलाई तनाब

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, ०१ पुस २०७९
थुपारिएको फोहरमा आगो लाग्दो फैलियो प्रदुषण, स्थानीयलाई तनाब

कपिलवस्तु । अव्यवस्थित तरिकाले फोहोर व्यवस्थापन र त्यसको नष्ट गर्ने परिपाटी प्रति नागरिकस्तरबाट वाणगंगा नगरपालिकाको चर्को आलोचना भएको छ । थुपारिएको फोहोरमा आगो लागेर वातावरण प्रदूषित बनेसंगै वाणगंगामा फोहोर ब्यवस्थापनको विषयमा गंभिर बहस शुरु भएको छ ।

कतिपयले यसलाई नगरको कमजोरी ठानेका छन् कतिले जिम्मा लिने ठेकेदार कम्पनीको लापरवाही हो भनेका छन् । जे होस फोहोर जलेर प्रदूषण बढेपछि यसले सृजना गरेको विवादले आरोप प्रत्यारोपको रुप लिएको छ ।

कपिलवस्तुका १० पालिका मध्ये अहिले सम्म कुनैमा पनि फोहोर प्रसोधन गर्ने डम्पिङ साइट सञ्चालनमा आउन सकेको छैन् । सहरबजार गाउवस्तीबाट उठाइएको फोहोरलाई जङगल, नदि किनार र बाटोको किनारमा लगेर थुपार्ने बाहेक अरु खासै उल्लेखनिय प्रगति हुन सकेको छैन ।

पहिलो कार्यकालमा फोहोर ब्यवस्थापन गर्न असफल पालिकाले वैशाख ३० गते नयाँ जनप्रतिनिधि पाए पनि यस’दयगत ठोस निर्णय गरेका छैनन । यता वाणगंगाले फोहोर संकलन गर्न एक निजी कम्पनीलाई जिम्मा दिएको छ । त्यस यता केहि काम पनि भएका छन् तर पछिल्लो पटक थुपारिएको फोहोरमा आगजनी भएपछि यसको जिम्मा लिने विषयमा कोही पनि तयार भएनन् ।

ठेक्का दिनु पूर्व देखि नै नगरपालिका भरीको फोहर वाणगंगा नदी पुल नजिक डम्पिङ हुने गरेको थियो । त्यही फोहोरमा केहि दिन अघि रातीको समयमा आगजनी भएपछि राजमार्ग क्षेत्र र स्थानीय टोल बस्ती प्रदूषणको चपेटोमा परेको छ । जसवाट शुरु भयो फोहोर माथिको आरोप प्रत्यारोप ।

बाणगंगा ८ का स्थानीय डिआर न्यौपानेले पहिला देखिको फोहोर उचित ब्यवस्थापन हुन नसक्दा र कसले आगो लगायो स्पष्ट नहुँदा नगरमाथि स्थानीयले आरोप लगाउने स्थिती आएको बताए ।

प्रतिक्रिया दिनुहोस