aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

फकाएर सुनका गहना चोरी गर्ने टीका पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
फकाएर सुनका गहना चोरी गर्ने टीका पक्राउ

कास्की । वृद्धा महिलाहरूलाई ललाई फकाई २७ लाख २ हजार ५८ रुपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका ६ घर भई कास्की पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठलाई बुधवार प्रहरीले पक्राउ गरेको छ ।

‌पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी वृद्धा महिलालाई ललाई फकाई गरी भुलाई वृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद रुपैयाँहरू चोरी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमाल मध्ये तिलहरि १ थान, औँठी १ थान, फुली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडा सहित पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस