aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

क्वालालम्पुरमा पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ पुस २०७९
क्वालालम्पुरमा पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको  छ भने ५१ जना बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले  पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको  उल्लेख गरेको छ। 

अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ  । अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स, स्वास्थ्य मन्त्रालय र स्मार्ट टोली जस्ता अन्य निकायहरूको सहयोगमा खोजी र उद्धार प्रयास जारी रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस