धादिङ । धादिङ जेसिसको नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि नयाँ कार्यसमिति चयन भएको निर्वाचन अधिकृत प्रमोद पाठकले बताए ।
नयाँ कार्यसमितिको अध्यक्षमा अचुत उप्रेती, कार्यकारी उपाध्यक्षमा अरविन रूपाखेती र अकुर रूपाखेती चयन र्भएका छन भने अन्य उपाध्यक्षहरुमा अजित यादव, राजेश भट्टराई, नमराज राई र सुवास गजुरेल चयन भएका छन । यस्तै महासचिवमा सरोज गजुरेल, कोषाध्यक्षमा अजय आचार्य र कानुनी सल्लाहकारमा विवेक भण्डारी चयन भएको वर्ष २०२२ का अध्यक्ष जेसी त्रिलोक कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस