aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

सर्लाहीमा गोली चल्दा सशस्त्र प्रहरी घाइते

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०२ पुस २०७९
सर्लाहीमा गोली चल्दा सशस्त्र प्रहरी घाइते

काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ । 

गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन् । काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए । 

साथीहरुसँगै बसेर खाजा खाइरहेका बेला शुक्रबार साँझ ७ बजेतिर साहमाथि गोली प्रहार भएको हो । पाखुरामा एक गोली लागेर घाइते साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

साहको अवस्था सामान्य छ । घटनामा संलग्नमध्ये रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही प्रहरी नायब उपरीक्षक विजय यादवले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।  

घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी छ । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको बताए । 

प्रतिक्रिया दिनुहोस