काठमाडौं । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । उक्त अस्पताले ३ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको उक्त भवनको कुल लागत २,१७,६९,९२,०० (मु कर बाहेक) रहेको छ । परिसरमा विहिबार आयोजित एक कार्यक्रमविच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छन् । कोशी अस्पतालको उन्नतीले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भने, ‘स्वास्थ्य क्षेत्र भन्ने बित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वाथ्यकर्मीको व्यवहार पनि हो । स्वास्थ्यकर्मीलाई विरामीले भगवान ठान्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस