aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एमालेले सत्तामा जाने वा नजाने प्रष्ट पार्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ पुस २०७९
एमालेले सत्तामा जाने वा नजाने प्रष्ट पार्यो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताएका छन । आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।”

उनले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बतए । उनले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गरे । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस