काठमाडौं । निर्वाचन सकिए लगत्तै राष्ट्रपति र प्रधानमन्त्री को भन्नेभन्ने चर्चा बढिरहेको छ । यसैक्रममा नेपाली कांग्रेसका महामन्त्री तथा सभाषद विश्वप्रकाश शर्माले अहिले प्रधानमन्त्रीभन्दा राष्ट्रपति पदमा पठाउने व्यक्ति महत्वपूर्ण रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकाले दुई वर्षलाई मात्र हुने बताए ।
गठबन्धनको रहेकाले अब राष्ट्रपति पनि गठबन्धनले सहमति गरेका आधारमा बनाउने पर्ने बेला आएको उनले बताए । उनले भने, राष्ट्रपति चयनलाई भने गम्भीरतापूर्वक लिनुपर्ने र सबै दलले सहज रुपमा स्वीकार गर्न सक्ने व्यक्ति चाहिने छ । राष्ट्रपतिमा कांग्रेसले पनि सहजतापूर्वक लिनसक्ने, गठबन्धनका दलहरु र प्रतिपक्षले पनि सहजतापूर्वक लिनसक्ने नेतृत्व होस् ।
प्रतिक्रिया दिनुहोस