aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ पुस २०७९
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-४ दधिकोट खड्का गाउँ बस्ने ३७ वर्षीय उमेश थापाको घरमा जुवातास खेलिरहेको अवस्थमा थापा समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८ सय रूपैयाँ र ६१ पत्ती तास सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।     
 

प्रतिक्रिया दिनुहोस