aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी परे

लस एन्जलस । संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ ।शुक्रबार सार्बजनिक रिपोर्ट अनुसार यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको शुक्रबार सार्बजनिक सीडीसीको रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ । सीडीसीको तथ्याङ्कअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् । इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यसै साता भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ । सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस