aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एक थान भरुबा बन्दुक र खुकुरीसहित २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
एक थान भरुबा बन्दुक र खुकुरीसहित २ जना पक्राउ

सोलुखुम्बु । एक थान भरुबा बन्दुक र खुकुरी सहित २ जना पक्राउ परेका छन् । माप्य दुधकोशी गाउँपालिका २ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई १ थान भरुवा बन्दुक सहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

सोलुदुधकुण्ड नगरपालिका १ छिर्दी खोलास्थित निर्माणधिन पुलका कामदारहरुलाई उनीहरूले धाकधम्की दिई कामदारहरूको मोबाईल समेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस