aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

काठमाडौं । समृद्धि फाइनान्सले इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विद्यालयका १ जना शिक्षक र २५ जना विधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको हो ।  

यस संस्थाका इटहरी कामु शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्यक्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको उक्त संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । यस विद्यालयले करिब २५ वर्ष अघिदेखी न्यून आयश्रोत भएका परिवारका केटाकेटीहरुलाई १ देखी २ घण्टासम्म खोलाकिनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर  शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएका छन् । हाल त्यहाँ विभिन्न सरकारी विधालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विद्यार्थीहरु अध्ययरत छन् । 

समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ६ मा रहेको चैतन्य माध्यमिक बिधालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो भने मंसिर २९ गते जनकपुरमा वडा न. ६ मा रहेको जानकी बृद्धा आश्रममा २० जना बृद्धबृद्धालाई कम्बल वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।  फाइनान्सले हाल आठ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस