aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

जगदम्बा मोटर्सको आयोजनामा ‘एन्टर्क ओनर्स ग्रुप’ राइड सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
जगदम्बा मोटर्सको आयोजनामा ‘एन्टर्क ओनर्स ग्रुप’ राइड सम्पन्न

धनगढी । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार धनगढी शोरुमबाट शुरु भएर  शालिनी वाटिका एंड ईको रिसोर्ट गोदावरीमा पुगेर सम्पन्न भएको हो ।  

उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । 

करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस