काठमाडौं । नेपाल हाईड्रो डेभलोपर लिमिटेडले वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा लिसरा रिसेप्सन्स नक्साल, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस