aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

चिसोका कारण  दम र निमोनियाका बिरामी बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
चिसोका कारण  दम र निमोनियाका बिरामी बढे

काठमाडौं ।  पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन् । 
    
“चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको चाप बढेको छ”, उनले भने, “गत मङ्सिरमा मात्रै चार हजारभन्दा बढी बिरामी उपचारका लागि आएका थिए् ।” गत महिना उक्त अस्पतालमा दुई हजार बिरामी आकस्मिक कक्षमा भर्ना भएका थिए भने चार हजारभन्दा बढीले ओपिडी सेवा लिएका थिए । अस्पताल आउनेमा बढीजसो दम, निमोनिया र रुघाखोकीजस्ता मौसमी बिरामी भएको उनले बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा अर्जुन भट्टले चिसो बढेपछि बिरामीको सङ्ख्या पनि बढेकाले  चिसोबाट बच्न आग्रह गरे । “चिसोमा बढीजस्तो दम, निमोनिया, प्रेसर र मृगौलाका बिरामीलाई समस्या हुन्छ”, उनले भने, “चिसोबाट बच्न मनतातो पानीका साथ झोलयुक्त पदार्थ  खाने र न्यायो ठाउँमा बस्ने गर्नुपर्दछ ।”

 “चिसोमा भाइरस सक्रिय हुन्छ यसले गर्दा बूढापाकामा बढी समस्या बल्झिने हुन्छ”, डा भटृले जोड दिए, “चिसोमा मष्तिस्काघात हुने सम्भावना हुने भएकाले बिरामीले नियमित औषधि सेवन गरिराख्नुपर्छ ।” चिसो बढेपछि कञ्चनपुरका निजी स्वास्थ्य संस्थामा समेत मौसमी बिरामीको सङ्ख्या बढ्न थालेका छन्  । 

प्रतिक्रिया दिनुहोस