
एजेन्सी। कतारमा आज हुने फाइनल खेलमा फिफा विश्व कप २०२२ मा बिजेताले के पाउँछ ? यो जिज्ञासा सबैमा छ। विश्व कपको अलावा जित्ने मुलुकले पाउने धनराशी पनि वास्तबमा नै लोभलाग्दो छ।
कतारमा आयोजित २०२२ विश्व कपका लागि फिफाले कुल ४४० मिलियन डलर अर्थात् ५८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसअघि सन् २०१८ को प्रतिस्पर्धाभन्दा यो ४० मिलियन डलरको वृद्धि गरेको छ भने २०१४ मा ब्राजिलमा आयोजित विश्व कपमा ३५८ मिलियन डलर विनियोजन गरिएको थियो ।
कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि सबैको लागि ठोस लाभ पक्कै पनि छ ।
पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ । हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । विजेताले रेकर्ड नै तोड्ने खालको पुरस्कार पाउनेछन् ।
रिपोर्टिङ न्युजले समाचारमा उल्लेख गरे अनुसार फिफाले कतार विश्व कपका विजेताले ४२ मिलियन डलर पुरस्कार राशि पाउने घोषणा गरेको छ । सन् २०१८ को तुलनामा यो ४ मिलियन डलरको वृद्धि हो । सन् १९८२ को च्याम्पियनसिप इटालीले २.२ मिलियन डलर पुरस्कार राशि जितेको थियो ।
यो वर्ष उपविजेताले ३० मिलियन डलर पाउने छ। तेस्रो हुनेले २७ मिलियन डलर पाउने छ। क्रोएसियाले तेस्रो बनेर २७ मिलियन डलर आफ्नो नाममा सुरक्षित गरिसकेको छ। आज राति हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्स बिच प्रतिस्पर्धा हुँदै छ।
विश्वकपका लागि क्वालिफाई हुने प्रत्येक टोलीले १.५ मिलियन डलर सहभागिता शुल्क तिरेका थिए। तेस्रो स्थानको प्लेअफको विजेताले २ करोड ७५ लाख डलर र उपविजेताले २ करोड ५० लाख डलर पाउनेछ भने क्वार्टर फाइनलमा हार्ने (पाँचौँदेखि आठौँ स्थान)ले १७ मिलियन डलर पाउनेछन्। राउन्ड अफ १६ र समूह चरणका प्रतियोगिताबाट बाहिरिने टोलीसहित सबै ३२ टोलीका लागि पुरस्कार रकम छुट्याइएको छ । समूह चरणबाट बाहिरिने प्रत्येक टोलीले ९ मिलियन डलर घर लैजाने छ, जबकि राउन्ड अफ १६ हार्ने प्रत्येकले १३ मिलियन डलरले पकेट भर्नेछ।
प्रतिक्रिया दिनुहोस