aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

'आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ पुस २०७९
'आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँ’

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांगे्रसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए  ।

बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ । बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा  छलफल भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस