aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

हिमाली भेगमा हिमपात हुने संभावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ पुस २०७९
हिमाली भेगमा हिमपात हुने संभावना
फाइल तस्विर

काठमाडौं । न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेकाले उच्च हिमाली भेगमा हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस