
कमरेडहरू पनि कम छैनन्। कम हुँदैनन्। पुरुषहरू विवाहित कमरेडहरु पनि ' Married bachelor" नै हुन्छन्। श्रीमति छोराछोरी भएर पनि सांसारिक झैझमेला र जिम्मेवारीबाट मुक्त जोगी कमरेडहरु स्वास्नीमान्छेको आकर्षणबाट भने बिरत वा मुक्त हुँदैनन्।
बिहान आँखा खुल्ने वित्तिकै ओच्छ्यानबाटै अरूकी श्रीमती कमरेडलाई good morning! सुभप्रभात! शुभदिन! Have a nice day! good day! आजको दिन तपाईंको शुभरहोस् ! शुभहोस् ! र सुभसाँझ हुँँदै ओछ्यान पस्नेबेला Late night सम्म शुभरात र goodnight! Greetings हरू आफ्नी प्रियसी वा भर्खरै प्रेममा परेका प्रेमीलेझैं messenger बाट सुटुक्क पठाउन भन्न पटक्कै चुक्दैनन्। यता फेसबुकमा लाखौंलाख र अनमोल शुभकामनाहरू... Happybirthday ! Happy father's day! Happy mother's day! Happy holi! Happy Teej! Happy naya barsa! Happy Dasai,Happy bada dasai र Happy Dipawali त छँदैछ।
साथमा Beautiful! Amazing! Wonderful!Gorgeous! Lovely! कमेन्टहरु पनि छन्। यसबाहेक 'मैया कमरेड" र 'नानीमैया कमरेड" हरुले नँया ब्रान्डको लुगा लगाउँदा, नँया ब्रान्डेड 'Fashion"हरू देखाउँदा होस् वा दिनैपछिको माइत र ससुराली धाउदा र ओहोरदोहोर गर्दा होस् वा दिक्क लागेर बाहिरफेर यसो हावा खानु होस् वा घुमफिरमा निस्कँदा होस् ,भक्कानिएर शुभसाइत! र शुभयात्रा! को शुभकामनाहरू दिनुपर्ने र भन्नुपर्ने कुराहरु अझै धेरै छन् र धेरै हुन्छन्।
'मैया कमरेड" र ' नानीमैया कमरेड"हरू अरूकी श्रीमती हुन् कि प्रेमिका,४५ नाघिसकेका बुढा अधबैँसे कमरेडहरु, भद्र,भलाद्मी र बिचारले समेत निकै पाको र गम्भीर जस्तो देखिने श्रीमान कमरेडहरु,आफ्नी श्रीमतिको अघि साधु बनेर अर्काको श्रीमतिलाई लुकीछिपी म्यासेन्जरबाट daily wishings, greetings र गहिरो र Serious Friendship नाता जोड्ने र सम्बन्ध दर्शाउने भावुक quotes हरू पठाउने र बिभिन्न बहानामाmessenger बाट म्यासेजहरू पठाएर नजिकिन खोज्ने सर्वहारा जोगी कमरेडहरु,असलमा सबैभन्दा अत्याधिक स्वास्नीमान्छे हरूबाट प्रभावित र रोमाञ्चित हुने रहेछन्।
यस्ता सन्त श्रीमान् कमरेडहरु स्वास्नीमान्छेको आकर्षण बाट म त मुक्त छु भनेर बेलाबेखत घोषणा समेत गर्ने गर्छन्। सर्वहारा सोमदत्त कमरेडहरु भित्री हृदयले तर 'सु्म्निमा"को आकर्षणबाट मुक्त हुनसक्तैनन् रहेछन् - विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासको पात्र जस्तै (यद्यपि कोइरालाका पात्रहरू स्वास्नीमान्छेको अनुहार देख्दैमा सस्तो रोमान्टिक र भावुक भइहाल्ने जोगी कमरेडहरुको तुलनामा निकै प्राकृतिक,सरल रूपले स्वच्छन्द,निश्छल र निकै सोझो छन।)। त्यसो र यसो भनौ- आधुनिक सुम्निमाहरू अझ यसो भनौं पुँजी बजारमा रमाउने अत्याधुनिक/उत्तराधुनिक सुम्निमाहरू -'मैया कमरेड" र' नानीमैया कमरेडहरु" बाट सर्वहारा जोगी कमरेडहरु पनि अछुतो हुँदैनन् रहेछन् उल्टो असाध्यै पुलकित र नराम्रोसित प्रभावित हुनेरहेछन्। र अत्याधिक नराम्रोसित प्रभावित त्यस्ता जोगीकमरेडहरुले पनि श्रीमति मैया कमरेडहरूलाई त्यसरीनै अत्याधिक प्रभाव पार्न निकै मिहिनेत,चेष्टा र कसरतहरू गर्दारहेछन्, गर्नुहँदोरहेछ र गर्नुहुन्छ बिचारा..!
त्यसैको फलस्वरू रातबिरात सावनभादौ,उत्तरी ध्रुव- दक्षिणी ध्रुव,पृथ्वीको जुनसुकै कुनामा भएपनि मैया कमरेडहरुको Follow गर्दै सर्वहारा बुद्धिजीवी कमरेडहरु मैयाहरूको म्यासेन्जर Add storyफेसबुक टिक्-टिक्,लाइभभिडियो,इन्स्टा र थुप्रै पेजहरूकासाथ अतिरिक्त नानीमैया कमरेडहरूको पनि फेसबुक र पेजहरूमा रातो र पहेंलोरातो बटन Love and caring likesसित रातदिन मैयाकमरेडहरूको प्रशस्ति र गुणगान कमेन्टस् हरूमा जोगी कमरेडहरु लागीपर्नु हुँदोरहेछ।लगे रहो भैया!जागते रहो! डटे रहो भाइ! हुनुहुँदो रहेछ। सर्वहारा कमरेडहरू लाई ज्ञानको भोक, ज्ञानको तिर्खा पनि लाग्दैन रहेछ।मैयाकमरेडहरुको म्यासेन्जर फेसबुकलाइभ पेजहरूमा हरियो बत्ती बलेपछि जोगी कमरेडहरुको ज्ञानको बत्ती आफै बल्दोरहेछ। दुनियाँ बदल्ने जोगी कमरेडहरुलाई कुन कुरोको पछि लागेर दुँनिया बदल्ने समय खेर गइरहेको हो त्यो कुरोको पनि चासो र चिन्ता हुँदैनरहेछ।
स्वास्नीमान्छेलाई नरकको ढोका,पशु,शुद्र,ढोल, गवाढ ठान्ने र हरबखत स्वास्नीमान्छेको आकर्षणबाट बिरत छु भनेर घोषणा गर्ने साधु,सन्त,भद्र,भलाद्मी आधुनिक आदर्शवादी सोमदत कमरेडहरू,सर्वहारा जोगीकमरेड हरू,सदाबहार! सुन्दर!हराभरा ताजगी! स्निग्ध! निश्छल! सरल,इमान्दारिता आदि जस्ता कुराहरू सर्वहारावर्ग, कम्युनिष्ट आदर्श,चिन्तनदृष्टिकोण र व्यावहारमा हेर्नुपर्ने र देख्नुपर्ने हो! बिचरा जोगी कमरेडहरु तर स्वास्नीमान्छेको अनुहारको चमकमा क्रान्ति देख्छन्। स्वास्नीमान्छेहरूको अनुहारको कान्तिमा क्रान्ति देख्छन्।
सर्वहारा बुद्धिजीवीहरु अत्याधुनिक/उत्तराधुनिक सुम्निमाहरू-' मैया कमरेड" र 'नानीमैया कमरेड" हरूको अनुहारको vibes मा सर्वहारा क्रान्ति र मुक्ति देख्छन्। उपभोक्तावादबाट ग्रसित आधुनिक सोमदत्तहरु के कुरा बुझ्दैनन् भने आधुनिक सुम्निमाहरू-' मैया कमरेड" र 'नानीमैया कमरेडहरू" उपभोक्तावादी पुँजी बजारका उत्तराधुनिक खेलौना र गुँडियाहरू हुन् भन्ने कुराहरू बुझ्दैनन् ।
प्रतिक्रिया दिनुहोस