काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन सपिङप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । व्यस्त जीवन बिताउनेका लागि घरमै बसीबसी आफूले चाहेको र रोजेको समाना भनेकै समयमा अनलाइनमार्फत ‘सपिङ गर्ने सुविधा अनलाइन सपिङको पंक्तिमा अग्रस्थानमा रहेको दराजले दिइरहेको छ ।
हालै दराजले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै दैनिक ७५ हजारभन्दा बढी नागरिकलाई सेवा दिइरहेको र उक्त संख्यालाई बढाउँदै सन् २०२२ सम्ममा नेपालभित्र एक लाख रोजगारी सिर्जना गर्ने जानकारी गराएको छ। उक्त, कार्यक्रममा बोल्दै दराजका ग्लोबल सिइओ ब्यार्के मिकेल्सनले दराज एउटा खल्तीभित्र रहेको सपिङ मल, बजार र सम्पूर्ण समुदायको रूपमारहेको जानकारी गराए ।
दराजले सफल व्यापारसँगै समुदाय र बजारलाई जोड्न सफल भएको उनको भनाइ छ। ‘दराज एक यस्तो विश्वविद्यालयको रूपमा
विकसित कम्पनी हो जसले हरेक महिना पाँच सयभन्दा बढी नयाँ बिक्रेतालाई शिक्षित बनाउँदै उच्चस्तरीय अनलाइन तथा
अफलाइन तालिम प्रदान गर्दै आएको छ,’ उनले भने, ‘दराज विश्वविद्यालय अन्तर्गत प्रत्येक महिना पाँच सय व्यापारीले आफ्नो
व्यवसाय सञ्चालन गरिरहेका छन् ।'
‘दराजले अहिले दुई लाख ५० हजारभन्दा बढी प्रकारका सामान एक सयभन्दा बढी समूहमा विभाजन गर्दै सेवा दिइरहेको र नेपालमा दैनिक पाँच हजारभन्दा बढीलाई रोजगारीको अवसर दिइरहेका छौं,’ उनले भने। अबको २० वर्षभित्र अहिलेको डिजिटल प्रविधिले हामीले अपनाउँदै आएको संस्कृति, राजनीतिदेखि समाजसम्म गहिरो असर पार्न सक्ने जनाउँदै उनले समयको परिवर्तनसँगै ‘डिजिटल युगमा नेपाललाई पनि अघि बढाउदै लैजाने उद्देश्य रहेको जानकारी गराए ।’
कम्पनीसँग सफलता सँगसँगै विभिन्न चुनौती पनि छन् । त्यस्ता चुनौतीको सामना गर्न कम्पनी तयार रहेर सेवामा लागिरहने छ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस