aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अवैध रूपमा ल्याउँदै गरेको ६२ लाखको सामान बरामद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ पुस २०७९
अवैध रूपमा ल्याउँदै गरेको ६२ लाखको सामान बरामद

बारा । अवैध रूपमा ल्याउँदै गरेका विभिन्न सामान बरामद गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका १ पथलैया वीरगंज सडक खण्डको तिनकुने चोकबाट अवैध रूपमा ल्याउँदै गरेको करिब ६२ लाख ९० हजार रुपैयाँ बराबरको कपडा, किराना आईटम, औषधि, ब्याट्री लगायतका सामान सोमबार बिहान प्रहरीले बरामद गरेको हो । 

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले वीरगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको ना. ५ ख ६७४७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको हो । बरामद सामान आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस