aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ पुस २०७९
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ते निर्णय भएको जानकारी दिए । यसका साथै खाद्य पदार्थमा हेभी मेटलको अधिकतम माा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरिएको छ । 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले निलगिरी खोला १ र २ जलविद्युत आयोजनको २२० केभी प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, मथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप शर्त समावेश गर्ने, मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत गर्ने समेत निर्णय भएको छ । 

त्यसैगरि, बैठकले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको छ । जसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिफारिस गरेको थियो ।   
 

प्रतिक्रिया दिनुहोस