aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बल्ल खुल्ने भयो मलेसिया जाने बाटो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
बल्ल खुल्ने भयो मलेसिया जाने बाटो

काठमाडौँ । १५ महिनादेखि बन्द मलेसिया रोजगारी सुचारु गर्न नेपाल र मलेसिया सरकार सहमति नजिक पुगेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सूचीकृत स्वास्थ्य संस्थालाई मलेसियन सरकारले अनुगमनपश्चात् सूचीकरण गर्ने जवाफ फर्काएपछि मलेसिया रोजगारी सुरु गर्न सहमति जुटेको हो।

काठमाडौंस्थित मलेसियन राजदूतावासले मन्त्रालयलाई पठाएको पत्रमा स्वास्थ्य संस्था सूचीकरण गर्ने कार्यले दुई देशबिच भएको श्रम समझदारी (एमओयू) कार्यान्वयनमा अब ढिला नहुने उल्लेख गरेको छ।

श्रम मन्त्रालयका सहसचिव नारायण रेग्मीले मलेसिया रोजगारी सुचारु गर्ने बारेको छलफलका लागि उच्चस्तरीय टोली मलेसिया जाने तयारीमा रहेको बताए। 

रोजगारी सुचारु गर्ने बारेको विवादलाई टुङ्गोमा पुर्‍याउन भदौ २४ र २५ गते क्वालालाम्पुरमा दुई देशका अधिकारीबिच छलफल गर्ने कार्यक्रम रहेको उनले बताए।

तीन साताअघि कामदारको स्वास्थ्य परीक्षण गर्ने एक सय २२ स्वास्थ्य संस्था छनोट गरी मन्त्रालयले अन्तिम सूची मलेसिया पठाएको थियो। 

त्यस सूचीमा परेका ३६ स्वास्थ्य संस्था पुराना हुन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस