aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मलेसियाली सांसदको माग : नेपाली पदाधिकारीलाई कारवाही गरियोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
मलेसियाली सांसदको माग : नेपाली पदाधिकारीलाई कारवाही गरियोस

काठमाडौँ । नेपाली युवा मलेसिया पठाउने क्रममा भिसा प्रक्रियामा भीएलएन प्रणाली लागू गर्न सहयोग गर्ने तत्कालीन उच्च नेपाली पदाधिकारीलाई कारबाही गर्न मलेसियाका एक सांसदले अनुरोध गरेका छन् ।

भीएलएन (भिसा प्रक्रिया) मा भ्रष्टाचार गरी नेपाली कामदारबाट अर्बौं रुपैयाँ लिएको अभियोग लागेका मलेसियाका पूर्व उपप्रधानमन्त्री डा.अहमद जाहिद हमिदीलाई जस्तै नेपालमा पनि यसमा संलग्नलाई कारबाहीको माग गर्न मलेसियाका सांसदले अनुरोध गरेका हुन् ।

मलेसिया कामदार पठाउने सम्बन्धमा भिसा प्रक्रियाका नाममा भीएलएन लागू गर्न सहयोग गर्ने तत्कालीन उच्च नेपाली पदाधिकारीलाई पनि कारबाही गर्न सांसदले माग गरेका हुन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस