aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यसरी ढाँटे सञ्चार मन्त्रीले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
यसरी ढाँटे सञ्चार मन्त्रीले

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार 'भिडियो कन्फरेन्सु मार्फत मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका छन् । मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संशोधन गरी सिंगापुर उडेका प्रधानमन्त्री ओलीले त्यहाँबाट 'भिडियो कन्फरेन्सु मार्फत बैठक सञ्चालन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सञ्चारमन्त्री बाँस्कोटाले बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको विषयमा बोल्दै सोमबार मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार सिंगापुरबाट टेलिप्रिजेन्सु मार्फत पहिलोपटक मन्त्रिपरिषद्को  बैठक बस्न सकेको भन्दै सामाजिक सञ्जाल ट्विटरमा फोटोसमेत सार्वजनिक गरे पनि सञ्चारमन्त्रीले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले भिडियो कन्फरेन्समा 'हाइ हेल्लो' मात्रै गरेको जानकारी संसद् लाई गराए।

मन्त्री बाँस्कोटाले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौमसत्तामाथि नै सरकारले गडबडी गरेको छ कि भन्नेरूपमा भ्रम फैलाउने काम भइरहेको समेत बताए।

ुत्यो कानुनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादनसम्बन्धी विषयमा 'भिडियो कन्फरेन्सु गर्न पाउने कुरालाई स्वीकृत गरेको छ। तर, हामीले क्याबिनेट बैठक भनेका पनि छैनौं,'  उनले भने प्रधानमन्त्री स्वास्थ्य उपचारका सिलसिलामा सदनलाई जानकारी गराएरै सिंगापुर गएको बताउँदै मन्त्री बास्कोटाले भने, हामीले क्याबिनेटको बैठक भनेका थिएनौं । 

उहाँ (प्रधानमन्त्री) ले हेलो भन्नुभयो, हामीले सामूहिक नमस्कार गयौ। उहाँले फर्काउनुभयो र विभिन्न जानकारी लिनुभयो। 

टेक्नोलोजीको प्रयोग गरेका थियौं । कार्यसम्पादनसम्बन्धी विषयमा भिडियो कन्फरेन्स गर्न पाउने कुरा पारित भएको छ। यो कानुनी छ।

प्रधानमन्त्रीले मन्त्रीसँगै कुरा गर्नु हुँदैन्थ्यो जस्तो भन्ने कुरा अनुचित र खेदजनक छ।' प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिदै लेखेका थिए, (आज ९सोमबार) पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो। मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद।'  यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस