aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कांग्रेस संसदीय दलमा देउवा र गगन भिड्ने, पौडेलको समर्थन सभापतिलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ पुस २०७९
कांग्रेस संसदीय दलमा देउवा र गगन भिड्ने, पौडेलको समर्थन सभापतिलाई

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुनेभएको छ । 

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्नुहुनेभएको छ । दलको नेताको निर्वाचनका लागि उम्मेदवारी सिएका  देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिए। कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भने, “अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उहाँलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।”

दलको नेताका लागि गगन थापाले उम्मेदवारी दिने भनी यसअघि नै सार्वजनिक गरेकोले सो पदमा थापाले उमेद्वारी दिने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस