
एजेन्सी । फेसबुकबाट ५ बिलियन जरिवाना लिन सक्ने बताइएको छ । यो रकमा कम्पनीको एक महिनाका आम्दानीको बराबर हो । एक तथ्यांकका अनुसार अभ फेडरल ट्रेड कमिशनले जरिवानाको रकम कति हो भनेर बताएको छैन । ५ बिलियन डलर जरिवाना हुने फेसबुकले अनुमान लगाएको छ ।
फेसबुकका अनुसार फेडरल ट्रेड कमिशनको सेटलमेंट गर्न २ बिलियन डलर छ्ट्याएको छ । कैंब्रिज एनालिटिका डेटा स्कैंडलपछि फेसबुकको अनुसन्धान गरिएको थियो ।
२०११मा फेसबुकले फेडरल ट्रेड कमिशन अर्थात एफटीसीसँग एक सम्झौता गरेको थियो । फेसबुकको डेटा शेयर गर्नका लागि यूजर्सको सहमति सहमति लिन पर्ने हुन्छ तर फेसबुकले यो सम्झौताको उलंघन गरेको फेडरल ट्रेड कमिशनको आरोप छ ।
फेसबुकका सिएफहमे डेव वेनरका अनुसार यो मुद्दा अहिलेसम्म अन्तिम किनारा लागिनसकेकाले जरिवना रकम कति हुन्छ यो भन्न नसक्ने बताएका छन् । विश्वभरमा फेसबुकसँग १.५६ बिलियन दैनिक ऐक्टिव यूजर्स छन र महिनामा २.३८ बिलियनभन्दा बढी भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस