काठमाडौं । निजामती सेवामा कार्यरत ६ दर्जनभन्दा बढी वरिष्ठ सहसचिवलाई प्रदेश मन्त्रालयको सचिव बनाएलगत्तै सरकारले स्थानीय तहको कार्यकारी अधिकृत (प्रमुख प्रशासकीय अधिकृत)मा पनि वरिष्ठ कर्मचारी पठाउने तयारी थालेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशपछि अब स्थानीय तहको प्रशासकीय अधिकृत पनि वरिष्ठ उपसचिव र अधिकृत पठाउने तयारी थालेको हो। मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकामा वरिष्ठ सचिव, अन्य महानगरमा बरिष्ठ सहसचिव र उपमहानगर र नगरपालिकामा वरिष्ठ उपसचिव र गाउँपालिकामा वरिष्ठमध्येबाट शाखा अधिकृतलाई कार्यकारी अधिकृत बनाएर पठाउने विषयमा तयारी अघि बढेको छ।
'मान्छेलाई रोज्ने र वरिष्ठ र पहुँच हुनेजति केन्द्रमै बस्दा प्रदेश र स्थानीय तह प्राथमिकतामा परेनन्, त्यसैले भखरै मापदण्ड बनाएर वरिष्ठ सहसचिवलाई प्रदेशको सचिव बनाएर पठाइयो,' मन्त्रालय स्रोतले भन्यो, " त्यसैले अब स्थानीय तहका प्रमुख प्रसाशकिय अधिकृत पनि वरिष्ठलाई नै पठाउने तयारी भैरहेको छ ।' यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस