aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दुई कम्युनिष्ट पार्टीबीच राष्ट्रपति लगायत प्रमुख पद भागबन्डा गर्न भेटघाट बढ्दै

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • बुधबार, ०६ पुस २०७९
दुई कम्युनिष्ट पार्टीबीच राष्ट्रपति लगायत प्रमुख पद भागबन्डा गर्न भेटघाट बढ्दै

काठमाडौं । आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । आगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरू भइसकेको छ ।

यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार गठनबारे छलफल भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्वाङ खुमलटार पुगेका थिए ।

सत्ता गठबन्धनका दलबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्रीलगायत प्रमुख पद भागबन्डा विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेता नेम्वाङले प्रचण्डसँग भेटघाट गर्नुलाई अर्थपूर्ण हेरिएको छ । भेटका क्रममा दुई नेताबीच सरकार गठनको विषयमा नै कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस