काठमाडौं । विश्वभरी मधुमेह(डाईवेटिज) विकराल बन्दै गइरहेको दिर्घकालिन रोगका रुपमा देखिदै छ । पछिल्लो तथ्यांक अनुसार चीनमा १४ करोड ९० लाख मानिस मधुमेह रोग लागेका छन् । विश्व तथ्यांकका अनुसार भारतमा ७ करोड ४२ लाख मानिस मधुमेह रोगी देखिएका छन् ।
त्यस्तै पाकिस्तानमा ३ करोड ३० लाख, अमेरिका ३ करोड २२ लाख, इन्डोनएसिया १ करोड ९५ लाख, ब्रजिल १ करोड ५७ लाख, म्याक्सिको १ करोड ४१ लाख, बंगलादेश १ करोड ३१ लाख, जापान १ करोड १० लाख र इजिप्ट १ करोड ९ लाख जना मधुमेह रोगी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस