aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

गगन थापालाई भारी मतान्तरले हराउँदै देउवा कांग्रेस संसदीय दलको नेता विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
गगन थापालाई भारी मतान्तरले हराउँदै देउवा कांग्रेस संसदीय दलको नेता विजयी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरत्रहादुर देउवा भारी मतान्तरले विजयी भएका छन् । आज बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा महामन्त्री गगनकुमार थापालाई ३९ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । 

८९ जना सांसदहरु मतदाता भएको यस निर्वाचनमा सभापति देउवाले ६४मत ल्याए भने महामन्त्री थापाले २५ मत ल्याएर पराजित बने । आजको संसदीय दलको निर्वाचनका लागि देउवा र थापाले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए ।

देउवाको प्रस्तावकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका थिए भने थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका थिए । देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब कांग्रेसबाटा भावी प्रधानमन्त्री को हुने भन्ने विवाद अन्त्य भएको छ ।   

प्रतिक्रिया दिनुहोस