
एजेन्सी । विश्वकै धनी व्यापारी इलोन मस्कको नेटवर्थ लगातार घट्दै गइरहेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार मंगलबार उनको नेटवर्थ ७.७५ बिलियन डलर घटेर १४८ बिलियनमा आएको छ । जुन २ वर्षमा सबैभन्दा कम हो। टेस्लाको शेयरमा लगातार गिरावट आएपछि मस्कको नेटवर्थ घटेको हो । मस्कले ट्विटर टेकओभरको लागि टेस्लाको शेयर बेचेको छ। यो पनि नेटवर्थ घट्नुको कारण हो।
एक साताअघि फ्रान्सेली अर्बपति तथा लुइस भिटनका सीईओ मोएट हेनेसी बर्नार्ड अर्नाल्ट मस्कलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका थिए । उनको कुल सम्पत्ति १६१ बिलियन डलर छ। तेस्रो नम्बरमा भारतीय व्यापारी गौतम अडानी छन् । अब मस्क र अडानीको नेटवर्थमा २१ अर्ब डलर मात्रै फरक छ। अर्का भारतीय व्यापारी मुकेश अम्बानी ८९.७ बिलियन डलरसंग आठौं नम्बरमा छन्।
एलोन मस्कको कुल सम्पत्ति यस वर्षको सुरुमा अर्थात जनवरी १ मा २७१ अर्ब डलर थियो जुन घटेर १४८ अर्ब डलरमा झरेको छ । अर्थात् यो वर्ष मात्रै मस्कको कुल सम्पत्ति १२३ अर्ब डलरले घटेको छ ।
प्रतिक्रिया दिनुहोस