aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

भारतमा ५० जना व्यापारीले ९२ हजार ५७० करोड ढुबाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ पुस २०७९
भारतमा ५० जना व्यापारीले ९२ हजार ५७० करोड ढुबाए

एजेन्सी । भारतमा ५० जनाले मात्रै बैंकमा ९२ हजार ५७० करोड रुपैयाँ ठगेका छन् । त्यहाको अर्थ मन्त्रालयले लोकसभामा दिएको जानकारी अनुसार देशका शीर्ष ५० डिफल्टरले बैंकिङ प्रणालीमा ९२ हजार ५७० करोड रुपैयाँ ठगी गरेका छन् । मेहुल चोक्सीको फर्म गीताञ्जली रत्न शीर्ष ५० डिफल्टरको सूचीमा शीर्ष स्थानमा छ ।

गीताञ्जली जेम्सको नाम यस सूचीको शीर्ष स्थानमा रहेको छ ।  जसले ७,८४८ करोड रुपैयाँको ठगी गरेका  छन । योपछि इरा इन्फ्रा ६८७९ करोड, एग्रो ४्र,८०३ करोड, शिपयार्ड ३,७०८ करोड, विन्सम डायमन्ड्स २,९३१ करोड र रोटोम्याक ग्लोबल २,८९३ करोड छन्।

बैंकहरूले १०.१ लाख करोड रुपैयाँको ऋण राइट अफ गरेका छन्। यो रकम बैंकमा फिर्ता हुने सम्भावना छैन । एसबीआईले अधिकतम २ लाख करोड रुपैयाँको ऋण राइट अफ गरेको छ।

सीबीआईले पञ्जाब नेशनल बैंकको उजुरीमा फरार हीरा व्यापारी मेहुल चोक्सी र दुई ज्वेलरी ब्रान्डहरू विरुद्ध तीन नयाँ एफआईआर दर्ता गरेको छ। उजुरीको अनुसार नयाँ घोटालामा मेहुल चोक्सी र नक्षत्र ब्रान्ड्स लिमिटेड र गीताञ्जली जेम्स लिमिटेडको नाम रहेको छ।
 

प्रतिक्रिया दिनुहोस