aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बिना परमिट प्रदेश १ मा गाडी राख्न नपाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ भदौ २०७६
बिना परमिट प्रदेश १ मा गाडी राख्न नपाइने

काठमाडौं । प्रदेश १ सरकारले जानाजान सवारीले किचेर वा ठक्कर दिएर ज्यान लिए जन्मकैदसम्म सजाय प्रस्ताव गर्दै प्रदेशसभामा विधेयक लगेको छ।

अन्य प्रदेशका सवारी प्रवेश गरेको २४ घण्टाभित्रै प्रहरीमा जानकारी दिनुपर्ने र तिनलाई बढीमा ६ महिना मात्र यहाँ चलाउन अनुमति दिने सरकारको प्रस्ताव छ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारको बैठकमा प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ टेबल गरेका हुन् । उनले अनुशासित र व्यवस्थित तरिकाले सवारी सञ्चालन गर्न र दुर्घटना न्यूनीकरण गराउन विधेयकले मद्दत गर्ने बताए। 

विधेयकमा अन्य प्रदेशको सवारीसाधन प्रवेश गरेको २४ घण्टाभित्र नजिकको प्रहरी कार्यालयमा जानकारी दिने र प्रहरीले नजिकको यातायात व्यवस्था कार्यालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ। 'अन्य प्रदेशको सवारीसाधन लगातार तीन महिनाभन्दा बढी चलाउन तोकिएबमोजिमको दस्तुर बुझाएर यातायात व्यवस्था कार्यालयबाट अनुमति लिनुपर्ने' समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस