aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज २७४ जना सांसदहरुको सपथग्रहण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ पुस २०७९
आज २७४ जना सांसदहरुको सपथग्रहण हुने

काठमाडौं । प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट विजयी भएका २७४ जना सांसदहरुको आव सपथग्रहण हुने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज उनीहरुको सपथ दिउँसो १ बजेका लागि तय भएको हो । 

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणाले अरु सांसदहरुको सपथ गराउने भएका छन् । उनी २७५ जना सांसदहरु मध्य सबैभन्दा ज्यष्ठ सदस्य हुन् । 

राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । यो पटक २६ सांसदले नेपालीबाहेक अन्य मातृभाषामा सपथ लिने सचिवालयले जनाएको छ । २६ जनाले नेपालीबाहेक अन्य १४ भाषामा सपथ लिनेछन् ।

सचिवालयले शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउनसमेत अनुरोध गरेको छ । सपथग्रहणअघि मध्याह्न १२ बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । 

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीद्वारा १०९ गरी २७४ प्रतिनिधिसभा सदस्यले शपथ लिने कार्यक्रम तय भएको छ। 

शपथग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस