aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

भूमाफियाको आँगनमा महानगरको डोजर पुगेपछि भागाभाग

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, ०७ पुस २०७९
भूमाफियाको आँगनमा महानगरको डोजर पुगेपछि भागाभाग

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि अहिले त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीको भागदौड भएको छ ।

काठमाडौं महानगरपालिकाको डोजरले खोला किनार आसपासमा अतिक्रमित संरचना भत्काउन थालेपछि त्यहाँका टहरामा व्यापार गर्दै आएका व्यवसायीले अहिले धमाधम आफ्नो सामान अन्य ठाउँमा सार्न थालेका हुन् ।

महानगरपालिकाको डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरूले आफ्नो सामानलाई क्षति नहुनेगरी सुरक्षित ठाउँमा सार्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस