aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

'अर्थतन्त्रमा अर्को मन्दी क्रिप्टोकरेन्सीको प्रयोगबाट हुन्छ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ पुस २०७९
'अर्थतन्त्रमा अर्को मन्दी क्रिप्टोकरेन्सीको प्रयोगबाट हुन्छ’

एजेन्सी ।  भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया(आरबीआई) गभर्नर शक्तिकान्त दासले बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सी आगामी दिनको अर्थतन्त्रका लागि खतराको रूपमा वर्णन गरेका छन्। बिजनेश स्ट्यान्डर्डले आयोजना गरेको बीएफएसआई इनसाइट समिटमा बोल्दै शक्तिकान्त दासले यिनै कारणले अर्को आर्थिक संकट आउन सक्ने बताएका हुन ।

उनले भने, ‘यसको कुनै अन्तरनिहित मूल्य छैन। यसबाहेक, निजी क्रिप्टोकरेन्सीहरू वित्तीय स्थिरताको लागि ठूलो खतरा हो। निजी क्रिप्टो भनेको कुनै पनि केन्द्रीय नियामक द्वारा नियन्त्रित छैन ।’ प्रतिबन्ध लगाउनुपर्ने उनको भनाइ छ ।

तथ्याङ्क बताउँदै शक्तिकान्त दासले अहिले क्रिप्टोकरेन्सीको मूल्य १४० अर्ब अमेरिकी डलर रहेको बताए । यो वर्ष यसको मुल्यांकन करिब ४० अर्ब अमेरिकी डलरले घटेको छ ।  यस शताब्दीमा डिजिटल मुद्राको अग्रभागमा लैजानेछ। रिटेल डिजिटल रुपी ई–रुपीको पायलट परियोजना आरबीआईद्वारा डिसेम्बर १ मा सुरु गरिएको थियो। पाइलट प्रोजेक्टमा डिजिटल रुपैया निर्माण, वितरण र खुद्रा प्रयोगको सम्पूर्ण प्रक्रियालाई नजिकबाट जाँच गरिनेछ।

मुद्रास्फीतिबारे दासले सरकार र केन्द्रीय बैंकबीच मुद्रास्फीति नियन्त्रणका लागि ‘अत्यन्तै समन्वयात्मक प्रयास’ भएको बताए । उनले थप भने कि मुद्रास्फीति र वृद्धिमा हाम्रा केही अघिल्लो अनुमानहरू लगभग सही छन्। नोभेम्बर महिनामा खुद्रा मुद्रास्फीति (सीपीआई) ५.८८ प्रतिशतमा झरेको छ । यो ११ महिना यताकै न्यून स्तर हो । 

प्रतिक्रिया दिनुहोस