aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ पुस २०७९
एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा दश प्रतिशत छुट

काठमाडौं । स्मार्टचोइस टेक्नोलोजिज (स्मार्ट क्युआर) ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) संग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त छुट अफर ल्याइएको हो ।  

यस छुट अफर अन्तर्गत ग्राहकहरुले कुनैपनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम तीन सय रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्नेछन् । यो योजना यहि पौष २० गतेसम्म रहने छ भने  छुट अबधिभर हरेक ग्राहकले ९ सयसम्म छुट लिन सक्ने छन् । 

स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौँ सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस